logo

२०८३ साउन १३ बुधबार

आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरानवासीलाई हर्क साम्पाङको अपील

आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरानवासीलाई हर्क साम्पाङको अपील


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरानवासीहरूमा अपील गरेका छन् । पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएपछि मेयर साम्पाङले शुक्रबार संयमता राख्न अपील गरेका हुन् ।

    उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनदयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको भन्दै चिन्ता जनाएका छन् ।

    उनले भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो ।’

    उनले समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु ।’

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend