logo

२०८३ साउन १३ बुधबार

महिना दिनको शिशु अपहरण गरेको अभियोगमा भारतमा दम्पती पक्राउ

महिना दिनको शिशु अपहरण गरेको अभियोगमा भारतमा दम्पती पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.1K
    SHARES

    महिना दिनको शिशुलाई अपहरण गरेको अभियोगमा एक दम्पतीलाई पक्राउ गरिएको छ । उत्तरपूर्वी दिल्लीस्थित छट्टा रेल चोकबाट एक महिनाको बच्चालाई शुक्रबार बिहान चार बजे अपहरण गरेको आरोपमा एक जोडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    एक महिनाको आफ्नो बच्चालाई चट्टा रेल चोकको पैदलमार्गबाट अपहरण गरेको जानकारी पीडित पक्षबाट प्राप्त भएपछि खोजतलास गरिएको थियो । सिसिटिभी क्यामराका माध्यमबाट अपहरणकारीलाई समात्न सफलता मिलेको उत्तरदिल्लीका प्रहरी प्रमुख सागर सिंहले बताएका छन् ।

    अपहरणमा संलग्न सञ्जय गुप्ता र अनिता गुप्ताले गत वर्ष आफ्नो १७ वर्षको छोरा विशाल गुप्ताको मृत्यु भएपछि उनीहरूकी १५ वर्षीया छोरीले रक्षा बन्धनका लागि भाइ चाहिने भन्दै जिद्दी गरेपछि आमाभन्दा पर सुताइएको त्यो शिशुलाई पैदलमार्गबाट चोरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend