logo

२०८३ असोज ८ बिहिबार

पुटिनद्वारा अर्धसैनिक लडाकूलाई शपथ ग्रहण गर्नुपर्ने आदेशमा हस्ताक्षर

पुटिनद्वारा अर्धसैनिक लडाकूलाई शपथ ग्रहण गर्नुपर्ने आदेशमा हस्ताक्षर


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 2.2K
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्धसैनिक लडाकूले रूसी झण्डाको सपथ लिनुपर्ने हस्ताक्षर गरिएको आदेशमा हस्ताक्षर गरेका छन् ।
    सपथको उद्देश्य स्वयंसेवक संरचनाका सदस्यहरूमा ‘रूसी सङ्घको रक्षाको लागि आध्यात्मिक र नैतिक आधारहरू निर्माण गर्नु’ रहेको छ ।

    आदेशमा सशस्त्र बललाई दिइएको कार्य सम्पादनमा योगदान पुर्याउने समूह र क्षेत्रीय प्रतिरक्षा एकाइमा पनि यो नियम लागू हुने उल्लेख छ ।

    लडाकूहरूले ‘रूसी सङ्घप्रति आफ्नो वफादारी, आफ्ना कमाण्डर र उच्च अधिकारीहरूको आदेशलाई कडाइका साथ पालना गर्नुपर्ने आदेशमा भनिएको छ ।

    प्रिगोजिनले आफ्ना लडाकुहरूलाई मस्कोका उच्च अधिकारीहरूविरुद्ध घातक विद्रोहमा नेतृत्व गरेको दुई महिनापछि राष्ट्रपति भ्लादिमिर पुटिनले दस्तावेजमा हस्ताक्षर गरेका थिए । वाग्नरको भविष्यबारे सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले कानुनी रूपमा वाग्नर निजी सैन्य समूहको अस्तित्व समाप्त भएको बताए । रूसमा भाडाका समूहलाई प्राविधिक रूपमा गैरकानुनी घोषित गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend