logo

२०८३ साउन १५ शुक्रबार

तमिलनाडुमा रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु

तमिलनाडुमा रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 1.2K
    SHARES

    भारत तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै रेलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो ।

    ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो ।

    शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए । केही यात्रीले रेलभित्रै सिलिन्डर ग्याँस प्रयोग गरेर चिया पकाइरहेका थिए ।

    त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वेले प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend