logo

२०८३ साउन १४ बिहिबार

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 1.1K
    SHARES

    सिरहा । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।

    बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार विराटनगर आइसकेका थिए । ‘बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो’, मण्डलले भने ।

    एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend