logo

२०८३ असोज ८ बिहिबार

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गर्नुपर्छः रक्षामन्त्री खड्का

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गर्नुपर्छः रक्षामन्त्री खड्का


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 1.1K
    SHARES

     

    काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा दिएका छन् । शनिबार काठमाडौँ क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए ।

    “अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, उनले भने, “पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।” उनले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने बताए ।

    उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने सङ्कल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताए । पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने बताए ।

    उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिइने जानकारी पनि दिए । उनले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए ।

    सरकारले सुशासनको अभियानलाई निरन्तरता दिइने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्तागठबन्धन बनेकाले सरकार पनि त्यही सङ्कल्पका साथ अघि बढेको जानकारी गराए ।

    उनले सरकारले चाँडै लम्पी स्कीन रोगबाट पीडित किसानलाई राहत दिइने र त्यसका लागि कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend