logo

२०८३ साउन १३ बुधबार

फ्लोरिडामा बन्दुकधारीद्वारा तीन जनाको हत्या गरी आफैंमाथि गोली प्रहार

फ्लोरिडामा बन्दुकधारीद्वारा तीन जनाको हत्या गरी आफैंमाथि गोली प्रहार


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1K
    SHARES

    अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा बन्दुकधारीले तीन जनाको हत्या गरेपछि आक्रमणकारीले आफैँलाई गोली हानेका छन् । आक्रमणकारीले डलर जनरल स्टोरमा प्रवेश गरी गोली चलाएको थियो ।

    त्यसपछि प्रहरी र आक्रमणकारीबीच मुठभेड भएको थियो । आक्रमणकारी करिब २० वर्षका गोरा व्यक्ति रहेको बताइएको छ । आक्रमणमा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।

    शहरका मेयर डोना डिगनले यो घटनालाई घृणाजनक भनेका छन् । आक्रमणकारीको नाम भने अझै खुलाइएको छैन । यो हमला उनले एक्लै गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend