logo

२०८३ साउन १५ शुक्रबार

भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामथ्र्य रहेको इसरोको दाबी

भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामथ्र्य रहेको इसरोको दाबी


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.3K
    SHARES

    भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामथ्र्य भारतको रहेको दाबी गरे ।

    इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए ।

    ‘हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिङ्गो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो,’ इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको सुनाउँदै उनले भने ।

    यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी बेङ्गलुरुको इसरो मुख्यालयमा पुग्दा उनलाईस्वागत गरिएको थियो । उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए ।

    गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो । चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend