logo

२०८३ साउन १३ बुधबार

नेप्से २० अंकले घट्यो

नेप्से २० अंकले घट्यो


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा झरेको छ ।

    म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झन्डै साढे छ प्रतिशतले घटेको छ ।

    समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । ३८ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend