logo

२०८३ साउन १४ बिहिबार

भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण

भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ । ललितपुरको भैंसेपाटीमा बनेका १४ वटा ब्लक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका छन् ।

    ८५ करोड रुपैयाँको लागतमा आवास भवन निर्माण गरिएको हो । त्यहाँ प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ ।

    भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताए । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्ट भाडामा लिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend