logo

२०८३ साउन १३ बुधबार

हुथी विद्रोहीको आक्रमणमा परी १० जना यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा परी १० जना यमनी सैनिकको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, ११ भाद्र २०८०
  • 1.1K
    SHARES

    इरान समर्थित हुथी विद्रोहीले ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ ।

    दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना घाइते भएको सेनाले जानकारी दिएको छ । करिब २० लाख जनसङ्ख्या रहेको दक्षिणपश्चिमी सहरजाने मुख्य मार्ग बन्द गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको सरकारी अधिकारीले बताएका छन् ।

    यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले ताएज आक्रमण युद्ध अन्त्य गर्न र शान्ति हासिल गर्नका लागि गरिएका सबै पहल र प्रयासका लागि चुनौती भएको बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend