logo

२०८३ साउन १४ बिहिबार

उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिँदै चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन

उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिँदै चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन


हाम्रो राष्ट्र
  • सोमबार, ११ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई सरलीकरण गर्दै चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन पहिलो संशोधन गरेको छ । सरकार र उद्योगी व्यवसायीको दबाबपछि गभर्नर महाप्रसाद अधिकारी मार्गदर्शन संशोधन गरेका हुन् । राष्ट्र बैंकले उत्पादनमूलक उद्योगको हकमा कर्जाको आकारअनुसार सीमा निर्धारण गरेको छ ।

    अरु उद्योगहरुले एक करोडसम्म चालु पुँजीकर्जा पाउँदा उत्पादनमूलक उद्योगले भने ३ करोड रुपैयाँसम्म पाउने छन् । उत्पादनमूलक उद्योगलाई कुल ३ करोड रुपैयाँसम्म चालु पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ। यसअघि समग्र बैंकिङ प्रणालीबाट कुल एक करोड रुपैयाँसम्म चालु पुँजी कर्जा उपयोग गर्न मिल्ने भए पनि त्यसलाई हटाइएको छ।

    कुल एक करोड रुपैयाँसम्म चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागु हुने छैन। राष्ट्र बैंकले अब उत्पादनमूलक उद्योगको हकमा कुल तीन करोड रुपैयाँसम्म यो सुविधा दिएको हो ।

    यस्तै, राष्ट्र बैंकले २ करोड रुपैयाँसम्म (उत्पादनमूलक उद्योगकको हकमा ४ करोड रुपैयाँसम्म) चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको छ। अब उत्पादनमूलक उद्योगलाई ४ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend