logo

२०८३ असोज ८ बिहिबार

इराकमा तीनसय भन्दाबढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न तीन जनालाई फाँसी

इराकमा तीनसय भन्दाबढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न तीन जनालाई फाँसी


हाम्रो राष्ट्र
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीनसय भन्दाबढीको ज्यान जाने गरी भएको सवारी बम विस्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फाँसी दिइएको छ ।

    सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा भएको यो अहिलेसम्मकै सबैभन्दा घातक बम आक्रमण हो । द इस्लामिक स्टेट ग्रुप (आइएस) ले उक्त आक्रमण आफूले गरेको जानकारी दिएको छ ।

    प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम र उनीहरूलाई कहिले–कहिले सजाय दिइएको हो भन्नेबारे उल्लेख गरेको छैन। यद्यपि उनीहरूलाई आइतवार र सोमबार मृत्युदण्ड दिइएको विवरणहरू सार्वजनिक भएका छन् ।

    एक सरकारी स्रोतले दिएको जानकारीअनुसार आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाईलाई मृत्युदण्ड दिइएको छ। जावबाईलाई सन् २०२१ मा अन्यत्रबाट पक्राउ गरी इराक फर्काइएको थियो ।

    सन् २०१६ को ३ जुलाईमा इराकी राजधानीस्थित शिया मुस्लिम बहुल क्षेत्र कर्राडामा उक्त घटना भएको हो। त्यहाँ रहेको एक शपिङ सेन्टर भिडभाड भएको स्थितिमा नजिकै रहेको विस्फोटक पदार्थले भरिएको एउटा गाडी विस्फोट गराइएको थियो ।

    इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानअन्तर्गत दैनिक रोजा तोडेपछि मानिसहरू रात्रिकालीन बजारमा रमाइरहेका थिए । बम विस्फोटपछि भवनमा आगलागी भएको थियो र त्यहाँ रहेका धेरै मानिसको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend