logo

२०८३ साउन १५ शुक्रबार

इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश

इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश


हाम्रो राष्ट्र
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.1K
    SHARES

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई थुनामा पठाउने तल्लो अदालतको फैसलालाई उच्च अदालतले उल्ट्याइदिएको छ । इस्लामावाद उच्च अदालतले इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाउँदै धरौटीमा छाड्न आदेश दिएको हो ।

    सोमबार इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारूक र न्यायाधीश मेहमूद जहाँगिरीको इजलासले खानको पुनरावेदनमा सुनुवाइ गर्दै ट्रायल कोर्टको फैसला उल्ट्याएको हो ।

    खानका कानुनी सहयोगी नइम हैदर पन्जोथाले समेत आफूहरूको आग्रह अदालतबाट स्वीकार गरिएको बताएका छन् । खानलाई गत अगस्ट ५ मा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै इस्लामाबाद ट्रायल कोर्टले ३ वर्ष जेल सजाय सुनाएको थियो । अदालतको उक्त आदेशसँगै खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो ।

    अदालतले सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय सुनाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend