logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा सामान्य अंकको गिरावट

नेप्सेमा सामान्य अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से पाँच अङ्कले घटेको छ । सोमबार पाँच अङ्कले बढेको नेप्से मंगलबार पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ ।

    मंगलबार व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था र साम्लिङ पावर कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

    समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले बढेको छ । ४० लाख छ हजार कित्ता शेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend