logo

२०८३ साउन १५ शुक्रबार

अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु

अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 1.1K
    SHARES

    अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अफगानिस्तान कार्यालयले जनाएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अफगानिस्तानले सामाजिक सञ्जालमार्फत भनेको छ, “विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालको आर्थिक सहायताअन्तर्गत रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण हरेक दिन २४ जना आमाको मृत्यु हुने अनुमान गरेको छ ।”

    डब्लुएचओ अफगानिस्तानको सामाजिक सञ्जाल एक्स (ट्वीटर)सँग सम्बन्धित हालैको रिपोर्टमा सङ्गठनले मातृ मृत्युदरका कारण देशको स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएको छ ।

    रिपोर्टमा खाद्य असुरक्षा र कुपोषणका कारण लाखौं मानिसको ज्यान खतरामा परेको र यसमा सङ्क्रामक रोग, प्रकोप र गम्भीर खडेरीले थप बढावा दिएको बताइएको छ ।

    प्रतिवेदनअनुसार सन् २०२३ मा मानवीय सहायताको आवश्यकता पर्ने व्यक्तिको सङ्ख्या दुई करोड ८० लाखभन्दा बढी पुगेको छ, जुन दुई वर्षअघि एक करोड ८४ लाख थियो । स्वास्थ्य क्षेत्रमा हाल ७५ लाख बालबालिका र ३१ लाख महिला गरी एक करोड ४० लाख मानिस स्वास्थ्य सहायताका लागि लक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend