काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा बुधवार बसेको नेकपा एमालेको सचिवालय बैठकले विभिन्न आठ निर्णय गरेको छ । बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरु सहित विशेष प्रस्ताव पारित गरेको छ । एमालेले पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको निष्कर्ष निकालेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको भन्दै समाज र राजनीतिमा देखापरेका विकृति, विसंगती, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ। यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ। यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ। महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्ब गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ। यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र संकल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ ।’
यस्ता छन् बैठकका आठ निर्णय
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend