logo

२०८३ साउन १४ बिहिबार

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 1.1K
    SHARES

    बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको छ ।

    यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । बङ्गलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

    अगस्टको पहिलो २९ दिनमा थप ६७ हजार ३०१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो महानिर्देशनालयका अनुसार मङ्गलबार दुई हजार २७२ जना थप विरामी निको भएर घर फर्किएका सहित कूल निको हुनेको सङ्ख्या एक लाख १० हजार ३४६ पुगेको छ ।

    लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend