logo

२०८३ साउन १३ बुधबार

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको सैन्य अखडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको सैन्य अखडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 988
    SHARES

    उत्तर कोरियाले दक्षिण कोरियाको सैन्य अखडाहरू लक्षित दुई छोटा दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । त्यसलाई ती निशानामा पारमाणविक आक्रमणको नमुनाका रूपमा पनि हेरिएको बताइएको छ ।

    त्यहाँका सरकारी सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रमा अमेरिकाले रणनीतिक बमवर्षक विमान तैनाथ गरेको घटनाविरुद्ध चेतावनी स्वरूप उक्त परीक्षण गरिएको हो । दक्षिण कोरियाले दुई वटा क्षेप्यास्त्रहरू समुद्रमा खसेको जानकारी दिएको छ । दक्षिण कोरिया र अमेरिकाले वार्षिक रूपमा हुने संयुक्त सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण गरिएको हो ।

    प्योङयाङले लामो समयदेखि उक्त अभ्यासलाई युद्ध पूर्वाभ्यासको रूपमा व्याख्या गर्दै आएको छ । उत्तर कोरियाली सेनाले भनेको छ, ‘क्षेप्यास्त्र बुधबार अबेर प्रहार गरिएको हो। र त्यो दक्षिण कोरियाका ‘विभिन्न प्रमुख अखडाहरूमा रणनीतिक पारमाणविक अभ्यास गर्दा कस्तो हुन्छ भन्ने दर्शाउन गरिएको हो।’

    अमेरिका र दक्षिण कोरियाको एघार दिनसम्म चलेको संयुक्त सैन्य अभ्यास समाप्त हुनुभन्दा एक दिनअघि यो क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उक्त अभ्यासमा कम्तीमा एउटा अमेरिकी बी–१बी रणनीतिक बमवर्षक विमान कोरियाली प्रायद्वीपमाथि उडेको बताइएको छ ।

    मङ्गलवार उत्तर कोरियाका शीर्ष नेता किम जोङ अनले आफ्ना प्रमुख कमान्डरहरूलाई दक्षिण कोरियासँगको युद्धका लागि तयारी गर्न भइरहेको अभ्यास अवलोकन गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend