logo

२०८३ साउन १३ बुधबार

चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्द गरेका छन् । चीनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार नगरेको भन्दै चीन भ्रमण रद्द गरेका हुन् ।मेयर साह पाँच दिने चीन भ्रमणमा जाँदै थिए ।

    उनले भनेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

    भारतले केही दिनअघि भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । नक्सामा नेपालको चुच्चे नक्सा समेटिएको थिएन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend