logo

२०८३ साउन १४ बिहिबार

‘भष्मे डन’को ‘दुई चुल्ठी बाटन’

‘भष्मे डन’को ‘दुई चुल्ठी बाटन’


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को पहिलो गीत सार्वजनिक भएको छ । जनैपूर्णिमाको अवसर पारेर बिहीबार चलचित्रको गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक गरिएको हो ।

    गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ । निरज कँडेलले खिचेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सार्वजनिक गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend