logo

२०८३ असोज ८ बिहिबार

जोहानेसवर्गमा आगलागीबाट ७३ जनाको मृत्यु

जोहानेसवर्गमा आगलागीबाट ७३ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.2K
    SHARES

    दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् ।

    दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन् ।

    उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । प्रवक्ता मुलाउजीले मृतकको मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन् ।

    दमकल सेवाका कर्मचारीले आगो निभाइसकेका छन् । घाइतेलाईहरूलाई स्वास्थ्य केन्द्र र अस्पताल पुर्याइएको छ । केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ ।

    भाग्न छाडेर आफ्ना सरसामान जोगाउने प्रयासमा रहेका केहीले ज्यान नै गुमाएका जनाइएको छ । घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौता बिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन् । उनले १५ वर्षको जागिरे जीवनमा यति भयावह घटना नदेखेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend