logo

२०८३ साउन १५ शुक्रबार

बेलायतको रक्षामन्त्रीमा ग्रान्ट शाप्स नियुक्त

बेलायतको रक्षामन्त्रीमा ग्रान्ट शाप्स नियुक्त


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.5K
    SHARES

    बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । अठार वर्षदेखि संसद सदस्य रहेका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुन् ।

    नौ वर्ष मन्त्री रहेका उनले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् । त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उनले निर्वाह गररेको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गरेका छन् ।

    यसैबीच, प्रधानमन्त्री सुनकको कार्यालयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गरेको घोषणा गरेको छ । शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend