काठमाडौं । कोसी प्रदेश सरकारको विश्वासको मतका विषयमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि आजदेखि पूर्ण सुनुवाइ गर्नेगरी यसअघि नै पेसी तोकिएको थियो ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार ‘कामचलाउ’ अवस्थामा छ ।
सर्वोच्चले अब आजदेखि रिटमाथि पूर्ण सुनुवाइ गरेर विवादलाई किनारा लगाउनेछ। पछिल्लो समय कोशी प्रदेश सरकार बजेटविहीनको अवस्थामा समेत छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend