logo

२०८३ साउन १३ बुधबार

देशको कार्यकारीलाई ‘हत्यारा’ भन्ने प्रचार भइरहेको छः विप्लव

देशको कार्यकारीलाई ‘हत्यारा’ भन्ने प्रचार भइरहेको छः विप्लव


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.2K
    SHARES

    पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले माओवादीलाई अपराधी करार गर्न खोजिएको भन्दै यो ठूलो षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

    शुक्रबार पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले देशको कार्यकारीलाई नै हत्यारा भन्ने कुरा बजार र चोकचोकमा रहेको टिप्पणी गरेका हुन् ।

    उनले माओवादीलाई अपराधी करार गर्नुपर्छ भन्ने ठूलो षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘देशको कार्यकारीलाई हत्यारा भन्ने कुरा बजारमा चोकचोकमा छ । हत्यारा हो भनिँदैछ । कार्यकारी प्रमुखले मुद्दा लड्नुपर्छ । माओवादीलाई अपराधी करार गर्नुपर्छ भनिएको छ । यो हमला र ठूलो षड्यन्त्र हो ।’

    उनले नेपाल स्वाधिन भएको हेर्न नचाहने र विखण्डन मच्चाउने शक्तिहरू देशमा रहेका बताए । विप्लवले अहिले सुशासनको पक्षमा जे चलेको छ त्यसलाई आफूहरुले समर्थन गर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend