logo

२०८३ असोज ८ बिहिबार

प्रधानमन्त्रीलाई नेपालको आग्रहः भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष अघि बढ्नुस्, हामी सबैको साथ रहन्छ

प्रधानमन्त्रीलाई नेपालको आग्रहः भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष अघि बढ्नुस्, हामी सबैको साथ रहन्छ


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.1K
    SHARES

    पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारका फाइल खोल्दा निष्पक्ष भएर अघि बढ्न आग्रह गरेका छन् ।

    शुक्रबार समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरूको साथ रहने बताए ।

    उनले फाइल खोल्दा बदलाको भावनाबाट प्रेरित हुन नहुने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले भ्रष्टाचार नियन्त्रणको कुरामात्र होइन देश विकासका योजना पनि सुनाउनुभएको छ । भ्रष्टाचारी कोही उम्कँदैनन् भनेर प्रतिबद्धता जनाउनुभएको छ । त्यसमा बदलाको भावनाको आधारमा होइन, निष्पक्ष अघि बढ्नुस् । हामी सबैको साथ रहन्छ ।’

    अध्यक्ष नेपाललेसमाजवादी मोर्चाबारे केहीले नकारात्मक टिप्पणी गरेको भन्दै त्यस्तालाई सकारात्मक काम गरेर जवाफ दिनुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend