logo

२०८३ असोज ८ बिहिबार

भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु गरेको होइनः प्रधानमन्त्री

भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु गरेको होइनः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने हुन् कि भन्ने विषयमा सरकारमाथि ठूलो प्रश्न उठेको बताएका छन् ।

    शुक्रबार पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु नभएको स्पष्ट पारे । उनले भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो भनेर कसैलाई नछाडिने बताए ।

    उनले भने, ‘सरकारमाथि विभिन्न प्रश्न तेर्साएर दबाब सिर्जना गरिएको छ। भ्रष्टाचारीहरुलाई उन्मुक्ति पो दिने हुन् कि भनेर । तर भ्रष्टचारविरुद्धको यो अभियान सानो मन र उद्देश्यले गरिएको होइन ।’

    प्रधानमन्त्रीले आफ्नै मान्छे परे पनि कोसैलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको बताए । उनले प्रतिवेदनमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको नाम उल्लेख गरेर पक्राउ नगरी प्रहरीले नै आफूहरूको बदनाम गर्न खोजेको बताए ।

    उनले विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन तस्करी हुने थाहा पाएपछि सरकारले कारबाही गरेको बताए । उनले भने, ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङविना भित्रिन सम्भव छैन । सुन तस्करी नरोकेसम्म अर्थतन्त्र बलियो हुने छैन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend