logo

२०८३ साउन १४ बिहिबार

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ : उपमहासचिव पुन

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ : उपमहासचिव पुन


हाम्रो राष्ट्र
  • शनिबार, १६ भाद्र २०८०
  • 1.3K
    SHARES

     

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र)ले शनिबारदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’को शनिबार गोँङ्गबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका हुन् ।

    वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सुरु गरेको उनको भनाइ थियो । “समाज, राज्य र पार्टीको शुद्धिकरणका लागि माओवादीले रुपान्तरण अभियान सञ्चालन गरेको छ”, उपमहासचिव पुनले भने, “लामो समयपछि जनताको गुनासो सुन्न तथा सरकारले गरेका राम्रा कामलाई जनतासामु लैजानका लागि पार्टीले रुपान्तरण अभियान सुरु गरेको हो ।”

    आजदेखि सुरु भएको अभियान देशभरका छ हजार सात सय ४३ वटै वडामा सञ्चालन गरिने उल्लेख गर्दै उले अभियान तीन महिनासम्म सञ्चालन हुने जानकारी दिए ।

    उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे । देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उनले बताए ।

    कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपमहासचिव पुरुषोत्तम सिङ्खडासहित माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता  थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend