logo

२०८३ साउन १४ बिहिबार

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित


हाम्रो राष्ट्र
  • शनिबार, १६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष ओलीले ९९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याएका छन् ।

    सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित भएका छन् ।

    सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन् । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend