logo

२०८३ असोज ८ बिहिबार

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको छिनोफानो अब सर्वोच्चको पूर्ण इजलासबाट हुने

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको छिनोफानो अब सर्वोच्चको पूर्ण इजलासबाट हुने


हाम्रो राष्ट्र
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ सोमबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ ।

    रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परेपनि पूर्ण इजलासमा लैजान आदेश भएको हो । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

    यसअघि सर्वोच्चले थापालाई नै पदबाट हटाएको थियो। सर्वोच्चले तत्कालीन समयमा थापाले सभामुखको हस्ताक्षरसहित सरकारको दाबी गरेको कुरा संविधान विपरीत भएकाले पुनः संविधानको धारा १६८को उपधारा २ को प्रक्रिया अनुसार सरकार गठन गर्न फैसला सुनाएको थियो ।

    उक्त फैसलापछि थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराउँदै ४७ सदस्य पुर्याएर सरकार गठन गरेका थिए। विश्वासको मत लिँदा फेरि ४६ सांसद मात्र हुने भएपछि प्रदेश सभाको ज्येष्ठ सदस्यको रुपमा सभा सञ्चालन गरिरहेका इस्राइल मन्सुरीले मत दिएपछि विवाद भएको थियो ।

    नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको भूमिकामा रहेको व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने भन्दै रिट दायर गरेका थिए उक्त रिटमा यसअघि एकल इजलासबाट अन्तरिम आदेश जारी भइसकेको छ ।

    भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend