काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से करिव ३० अङ्कले घटेको छ । आइतबार नेप्से २९ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ७८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा होटल, पर्यटन, जलविद्युत्, बीमा लगायतका समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज लिबर्टी इनर्जी र सिटी होटलको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि थ्रीस्टार हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।
यसअघि बुधवार एक अर्ब १३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज दुई सय ७६ वटा कम्पनीका ४० लाख ५३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend