logo

२०८३ असोज ८ बिहिबार

शान्ति प्रक्रियाका बाँकी कामकाबारेमा होलेनको चासो

शान्ति प्रक्रियाका बाँकी कामकाबारेमा होलेनको चासो


हाम्रो राष्ट्र
  • आइतबार, १७ भाद्र २०८०
  • 975
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ । आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसीसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

    भेटमा अमेरिकी सिनेटर होलेनले एमसीसी पारित गरेर कार्यान्वयनमा लगेकोमा खुसी व्यक्त गरेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले एमसीसी पारित भएर कार्यान्वयनमा लैजान आफूहरूले भूमिका खेलेको स्मरण गराएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend