logo

२०८३ साउन १५ शुक्रबार

तोलामा चारसय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा चारसय रुपैयाँले बढ्यो सुनको मूल्य


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1.1K
    SHARES

     

    काठमाडौँ  । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला  एक लाख १३ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँच रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend