logo

२०८३ साउन १४ बिहिबार

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेका छन् । भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेका उनका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।

    उनका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा सहभागी छन् । मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend