logo

२०८३ साउन १३ बुधबार

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार सप्तरीको इञ्चार्जमा बादलप्रसाद यादव र सहइञ्चार्ज छेदी यादव, सिरहाको इञ्चार्जमा कौशलेन्द्र यादव र सहइञ्चार्जमा विष्णुकुमार साह, धनुषाको इञ्चार्जमा राजनारायण यादव र सहइञ्चार्जमा शैलेन्द्रकुमार यादव, महोत्तरीको इञ्चार्जमा अशोककुमार यादव र सहइञ्चार्जमा राजिवकुमार यादवलाई तोकिएको छ ।

    यसैगरी सर्लाहीको इञ्चार्जमा रामआशिष यादव र सहइञ्चार्जमा सञ्चमाया मोक्तान, रौतहटको इञ्चार्जमा चन्देश्वर महतो र सहइञ्चार्जमा राजकुमार दास, बाराको इञ्चार्जमा सिहासन कलवार र सहइञ्चार्जमा सोहन शर्मा तथा पर्साको इञ्चार्जमा अवधभूषण यादव र सहइञ्चार्जमा दीपक यादव छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend