logo

२०८३ साउन १४ बिहिबार

नयाँ नक्साबारे विदेशी मुलुकलाई गरिएको पत्राचारबारे सदनलाई जानकारी गराउन पन्तको माग

नयाँ नक्साबारे विदेशी मुलुकलाई गरिएको पत्राचारबारे सदनलाई जानकारी गराउन पन्तको माग


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 975
    SHARES

    काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सालाई मान्यता दिने विदेशी मुलुकलाई गरिएको पत्राचारबारे विस्तृत जानकारी गराउन माग गरेका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा पन्तले सरकार र परराष्ट्र मन्त्रालयले त्यसको जानकारी संसदलाई गराउन माग गरेका हुन् । उनले भने, ‘परराष्ट्रमन्त्री विगतको सरकारले पत्रचार नै गरेको छैन भनेर आलोचना गरेर बस्नु भएको छ । संसदबाट एकमतले पारित नक्सालाई मान्यता दिलाउका लागि कुन–कुन देशसँग कु्न–कुन पत्राचार गरेको छ, त्यसको जानकारी संसद्लाई दिइयोस् ।’

    उनले परराष्ट्रमन्त्री एनपी साउदले यसअघिका सरकारले पत्राचार नगरेको आरोप लगाइरहेको बताए । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालतर्फ लिपुलेक, कालापानी समेटिएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend