logo

२०८३ असोज ८ बिहिबार

इरानको कोइला खानी विस्फोटमा ६ जनाको मृत्यु

इरानको कोइला खानी विस्फोटमा ६ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1.2K
    SHARES

    इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी छ जना श्रमिकको मृत्यु भएको छ । उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।

    इरनाले भनेको छ, ‘आइतबार दाम्घानमा कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदार भूमिगत रुपमा फसेका थिए ।’ श्रमिकको सक्शल उद्धारको प्रयास असफल भएको र उनीहरूको शव सोमबार बिहान फेला परेको दूतावासले जनाएको छ ।

    इरानले घटनास्थलमा रहेका अन्य कामदारले भग्नावशेषमुनिबाट आफ्ना सहकर्मीको शव निकाल्ने प्रयास गरिरहेको फुटेज देखाएको छ । सन् २०२१ को मे महिनामा सोही खानीमा दुई जना कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा कोइला खानीमा भएको विस्फोटमा परी ४३ जना कामदारको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend