logo

२०८३ असोज ८ बिहिबार

कुन्दन काफ्लेद्वारा बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा

कुन्दन काफ्लेद्वारा बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा


हाम्रो राष्ट्र
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

    सामाजिक संजालमा उनले लेखेका छन्, ‘गतिशील र सवल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend