logo

२०८३ असोज ८ बिहिबार

आसियान शिखर सम्मेलन सुरु

आसियान शिखर सम्मेलन सुरु


हाम्रो राष्ट्र
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.2K
    SHARES

    दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को ४३औँ शिखर सम्मेलन सम्मेलन जकार्तामा सुरु भएको छ ।

    क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित यो शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरे ।

    आसियान अध्यक्ष उनले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गरे ।

    आगामी तीन दिनसम्म जारी सञ्चालन हुने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाको रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, सङ्गठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ ।

    ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मा सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend