logo

२०८३ साउन १४ बिहिबार

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल निर्वाचित

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल निर्वाचित


हाम्रो राष्ट्र
  • बुधबार, २० भाद्र २०८०
  • 1.1K
    SHARES

    बुटवल । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष समेत रहेका कँडेल केन्द्रीय सदस्य हरि रिजाललाई २ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

    कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए भने उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाए । त्यसैगरी अन्य पदाधिकारीहरुमा मिश्रित परिणाम आएको छ । उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए ।

    पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढामगरले ४१८ मत पाएर विजयी भने उनका प्रतिस्पर्धी बाँकेका दुर्गा प्रसाद थारुले ३९३ मत पाए। त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन् भने रिजाल समूहकी बाकेकी वसन्ती अधिकारीले ३५१ मत ल्याएकी छन्।

    सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भैसकेका छन् । एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो । कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्यूठानका रिजाललाई महासचिव शंकर पोखरेलसँगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन रहेको बताइन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend