logo

२०८३ असोज ८ बिहिबार

बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित


हाम्रो राष्ट्र
  • बुधबार, २० भाद्र २०८०
  • 1.1K
    SHARES

    मनहरि । आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend