logo

२०८३ साउन १४ बिहिबार

डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणमा परी १६ जनाको मृत्यु

डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणमा परी १६ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 988
    SHARES

    पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी १६ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिले रूसी आक्रमणमा डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको मृत्यु भएको जानकारी दिए ।

    आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको बेला भएको उनले बताए । मृत्यु हुनेमा एक बालक रहेका उनले बताए ।

    युक्रेनको गृह मन्त्रालयले आक्रमणमा परी २८ जना घाइते भएका जनाएको छ । डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास भएको युद्धमा अग्रपङ्तीमा रहेको एक शहर हो । कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण सुरु गरेदेखि युद्धको केन्द्र बिन्दु बनेको छ ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend