logo

२०८३ साउन १३ बुधबार

काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणबाट रिजालको निधन भएको हो । डेंगु संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए । डेंगु संक्रमणपछि रिजाल गत बिहीबार ग्रान्डी अस्पतालमा भर्ना भएका थिए ।

    कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन साहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर साह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend