logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा छलफलको चरणमाः परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा छलफलको चरणमाः परराष्ट्रमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबारे एजेण्डा तयार भइनसकेको जानकारी दिएका छन् ।

    बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री साउदले एजेण्डाहरूबारे छलफल भइरहेको जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री साउदले कोभिडका कारण बन्द भएका चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्न आग्रह गर्ने विषयमा छलफल चलिरहेको बताए ।

    उनले भने, ‘पूरै एजेण्डा फाइनल स्टेजमा पुगिसकेको छैन। स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्र, कोभिडका कारण व्यापार नाका र परम्परा सीमा नाका खोल्ने विषयमा छलफल भइरहेको छ।’

    समिति बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको भएपनि प्रधानमन्त्री सहभागी भएनन् । सांसदहरूले फेरि प्रधानमन्त्रीलाई बोलाएर भ्रमणको एजेन्डाबारे जानकारी गराउन सभापति राजकिशोर यादवको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री चीन भ्रमणका लागि सेप्टेम्बर २३ मा चीन जाँदैछन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend