logo

२०८३ साउन १४ बिहिबार

दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना होइन : महामन्त्री थापा

दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना होइन : महामन्त्री थापा


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने हो भनेर सरकारलाई प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे सरकारसँग जवाफ माग गरेका हुन् ।

    उनले दिनदहाडै काठमाडौंमै कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार हुनु सामान्य घटना नभएको बताए । उनले भने, ‘कांग्रेस सहमहामन्त्री यादव भाग्यले बाँच्नुभएको छ । सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।’

    उनले प्रधानमन्त्री र गृहमन्त्री पनि बोलेको सुन्दा कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिएको बताए । उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्री बोलेको सुन्छु । काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित छैन भने गृहमन्त्री र प्रधानमन्त्रीलाई छोएको छ कि छैन ? महेन्द्र यादवले कसैलाई मन नपर्ने कुरा बोले । कसैलाई मन नपराउने बोले भन्दैमा खुकुरी हानिहाल्ने ? वैध वा जायज ठहराए नेपाली समाजले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

    बुधबार दिउँसो कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोटर्स क्लबबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend