logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्रीलाई चीन भ्रमणलाई प्राथमिकतामा राख्न सांसद पन्तको सुझाव

प्रधानमन्त्रीलाई चीन भ्रमणलाई प्राथमिकतामा राख्न सांसद पन्तको सुझाव


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चीन भ्रमणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले न्युयोर्क भएर चीन जाँदा भ्रमणको प्रभाव कम हुनसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

    उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणको प्राथमिकता के हो ? न्युयोर्कको संयुक्त संघ प्राथमिकता हो कि, चीन भ्रमण प्राथमिकता ? मेरो विचारमा चीन भ्रमण प्राथमिकता हो । अर्को देश गएर त्यहाँबाट जाँदा त्यसको प्रभाव कम हुन सक्छ ।’

    उनले यो भ्रमण औपचारिक, सद्भावना वा राजकीय भ्रमण हो भन्ने जानकारी बैठकलाई गराउन माग गरे । उनले प्रधानमन्त्रीको भ्रमण सामान्य नबनाउन आग्रह गरे । २०१६ मा केपी ओलीको भ्रमण र त्यसबेलाको सहमति कोसेढुंगा सावित भएकाले त्यस भ्रमणका बेला भएका सम्झौतालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने दायित्व अहिलेको सरकारको रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend