logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 923
    SHARES

    काठमाडौं । बिहीबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से २८ दशमलव ९२ अङ्कले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ ।

    सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै बाराही पावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा सिटिजन्स म्युचल फन्ड २ र अपर सोलु हाइड्रोको शेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १५ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनीको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend