logo

२०८३ साउन १५ शुक्रबार

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 910
    SHARES

     

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।

    प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि  ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

    अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे ।

    प्राधिकरणले चालु आवमा  १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण÷सेयर लगानीका रुपमा  छ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

    प्राधिकरणले पुँजीगत खर्चका लागि  १९ अर्ब तीन करोड ८८ लाख बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा  पाँच अर्ब ८९ विनियोजन गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend