logo

२०८३ साउन १५ शुक्रबार

संघीय निजामती विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

संघीय निजामती विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौँ । सरकारले संघीय निजामती विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    त्यस्तै, सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन् । त्यस्तै, बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेश गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend