logo

२०८३ साउन १३ बुधबार

‘तेस्रो बेल्ट एण्ड रोड फोरम’ मा ९० भन्दाबढी देशका प्रतिनिधिको सहभागिता हुने

‘तेस्रो बेल्ट एण्ड रोड फोरम’ मा ९० भन्दाबढी देशका प्रतिनिधिको सहभागिता हुने


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 988
    SHARES

    अन्तर्राष्ट्रिय सहयोगका लागि ‘तेस्रो बेल्ट एण्ड रोड फोरम’मा ९० भन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।
    ‘अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले अक्टोबरमा हुने तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा आफ्नो सहभागिता पुष्टि गरिसकेका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने ।

    ‘सेप्टेम्बर ७ मा सिल्क रोड इकोनोमिक बेल्टको १० औं वर्षगाँठ मनाइँदैछ,’ प्रवक्ता माओ निङले भने । अक्टोबरमा अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरमको आयोजना गर्नु बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सबैभन्दा भव्य कार्यक्रम हुनेछ ।

    यो फोरमले सबै पक्षलाई उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगबारे छलफल गर्न महत्वपूर्ण मञ्चको रूपमा पनि काम गर्नेछ ।

    अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले आफ्नो सहभागिता पुष्टि गरिसकेका छन् । तीमध्ये बेल्ट एण्ड रोड साझेदार मुलुकका नेता, मन्त्री र अन्य आधिकारिक प्रतिनिधिका साथै बेल्ट एण्ड रोड सहकार्यमा सक्रिय समर्थन र सहभागिता जनाउने व्यापारिक समुदाय, प्रवुद्ध वर्ग र नागरिक समाजलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू रहेका छन् ।

    धेरै अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पनि आफ्नो उपस्थिति पुष्टि गरेका छन् । साझेदारले आफ्नो सहभागिता पुष्टि गर्ने क्रम जारी रहेको र आगामी केही दिनमा यस कार्यक्रममा जोडिने प्रतिनिधिको सङ्ख्या थप बढ्ने विश्वास गरिएको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend